• मदनबाबु प्रसाई

उर्लाबारी / उर्लाबारी नगरपालिकाले क्यारेनटाइनमा वसेकाहरुको स्वाब संकलन गरेको स्वाबको पिसिआर परीक्षणको रिर्पोट नगेटिभ आए पछि सबैलाई घिर पठाइएको छ ।
नगरपालिकाले राधिका माध्यमिक विद्यालय उर्लाबारी–६ मा व्यवस्थापन गरेको क्वारेनटाइनमा भारत सहित अन्य स्थानबाट आएका २७ जना नागरिकहरु विगत १४ दिनदेखि बस्दै आएका थिए । नगरको क्वारेनटाइन समितिका संयोजक एवं नगर उप—प्रमुख लक्ष्मीदेवी भण्डारीको अध्यक्षतामा बुधबार नगर प्रमुख खड्ग फागोले उनीहरुको विदाई गरेकाथिए ।

नगरपालिले क्वारेनटाइनमा बसेका २७ जनासहित फ्रन्टलाइनमा रहेका कार्य समपादन गर्नुहुने जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मीसहित ६६ जनाको स्वाबको पिसीआर रिर्पोट नेगेटिभ आएको स्वास्थ्य शाखाका निरीक्षक सुरेश खड्काले बताएका छन । नगरले उक्त बिद्यालयमा ५० बेड क्षमताको क्यारेनटाइन र मंगलबारे अस्पतालमा ६ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ ।

कथा राम्रो छ । जुनसबैसन्तानलाईएउटै समस्या आयो । त्यो के कारणले रहेछ । यस्तो समस्यालाई के भनिदोरहेछ । उनीहरुले कुन चिकित्सकलाई देखाएर के सल्लाहापाए । चिकित्सको भनाई राख्दा राम्रो हुन्छ । खास यो समस्या के हो भन्ने कुरा स्टोरीमा आएन ।