• दिनेश सुब्बा

पथरी / कानेपोखरी गाउँपालिकाको वयरवन स्वास्थ चौकी र जनसेवा माविको क्वारेन्टाइनमा राखिएको ६ जनाको स्वाव संकलन गरिएको छ ।
बुधबार जनसेवा माविको खेल मैदानमा उनिहरुको स्वाव संकलन गरेको हो । उनिहरु १४ दिन अघि भारतबाट घर फर्किने क्रममा क्वारेन्टाइनमा राखिएको थियो । वयरवन स्वास्थ चौकीको क्वारेन्टाइनबाट ४ जना र जनसेवा माविको क्वारेन्टाइनबाट २ जना गरी जम्मा ६ जनाको स्वव संकलन गरिएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

उनीहरुको एकहप्ता अघि आरडिटि टेष्ट गरिएको थियो । आरडिटि टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । संकलन गरिएको स्वाव बुधबार नै विराटनगर स्थित कोशी अस्पतालमा पठाएको र तीन दिन पछि रिपोर्ट आउने उपाध्यक्ष राजमती इङ्नामले बताइन ।
रिपोर्ट नेगेटिभ आएमा उनिहरु क्वारेन्टाइनबाट विदा हुने छन् ।

गत बैशाख २० गते गाउँपालिकाले भारत र काठ्माडौबाट आउने ३१ जनाको द्रूत परीक्षण विधि (आरडिटी) नमूना परीक्षण गराएका थिए । परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।