धरान । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटकपटक आमरण अनसन बस्दै आएका डा. गोविन्द केसी मंगलबारदेखि पुनः अनसन सुरु गरेका छन् ।

यसपटक उनी दार्चुलाको सदरमुकाम खलाङ्गामा अनसन बसिरहेका हुन् । तीन बुँदे माग राख्दै अनसन थालेका हुन् । उनले यसपटक भने दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुपर्ने, गुणस्तरीय स्वास्थ्य शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने र नेपालको मिचिएको भूभाग फिर्ता ल्याउन तत्काल प्रक्रिया थाल्नुपर्ने माग राखिएको छ ।

यसअघि १९ जेठमा डा. केसीले विज्ञप्ति जारी गर्दै २० देखि २१ जेठसम्म माग पूरा गर्न माग गरेको थियो । उनले १८ औं अनसन सुरु गरेका हुन् । उनले सरकारले आफूसँग बिगतमा गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग समेत राखेका छन् ।