धरान । संविधान संशोधनको प्रस्ताव दर्ता गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् सचिवालय पुगेका छन् ।

नेपाली कांग्रेसको बैठकबाटै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुरूप नै केन्द्रीय समितिले संसदीय दललाई दिएको निर्देशन अनुसार संशोधन दर्ताका लागि संसद् सचिवालय पुगेका हुन् । पार्टीको नेतृत्व गर्दा सांसदहरू अमरेशकुमार सिंह, उमाकान्त चौधरीलगायत प्रस्ताव दर्ता गर्नका लागि मंगलबार अपरान्ह संसद् सचिवालयमा पुगेका हुन् ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकमा तराई–मधेशका जनताको माग पूरा नभएकाले पुनः संविधान संशोधन प्रस्ताव दताृ गर्नका लागि संसदीय दललाई निर्देशन दिएको थियो । पार्टीका तर्फबाट भने सचेतक पुष्पा भुषाल गौतमले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको बताइन् ।