कालाबन्जर /  कृषि उत्पादनमा मुलुक लाई  आत्मनिर्भर बनाउदै खाद्य   सुरक्षा र सम्प्रभुता कायम गर्ने नीति  अनुसारको बजेट बिनियोजन नभएको सांसद रामकुमारी चौधरीले बताइन ।
 
 हिजाे बसेको प्रतिनिधि सभा बैठकमा आव २०७७/०७८ को बजेट छलफलमा बोल्दै सांसद चौधरीले आगामी बर्ष दुध, तरकारी र मासुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने भनिएता पनि बजेट बिनियोजनमा भने धेरै लोभ गरेर छुट्याएको बताइन ।
११ अर्ब छुट्याएको रासायनिक मलमा हाम्रो देश पूर्ण रूपमा परनिर्भर छन तर प्राङ्गारिक मलमा प्रयाप्त सम्भावना भएता पनि  कार्यक्र र बजेटको व्यवस्था नहुनु  दुखद भएको बताईन ।
यसले बढदै गएको अर्गानिक खेती लाई निरूत्साहीत हुने सांसद चौधरीले बताईन । एकातिर किसान लाई गुणस्तरीय र उन्नत जातको बिउ उपलब्ध गराउने भनिएको छ तर अर्को तिर बिउ बिजनमा  १०% बाट बढाएर १५ % भन्सार शूल्क लिने कुरा बिरोधाभास भएको बताइन । 
 
परम्परागत खेती प्रणाली बाट कृषि क्षेत्र अगाडि बढ्न नसकने र यसलाई आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायीकरण गर्न  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउनु पर्ने बताइन । माध्यमिक तह सम्मका सामाजिक बिध्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेबारी निजी बिध्यालय लाई दिनु संविधानले अँगालेको समाजवाद उन्मुख व्यवस्थालाई अस्विकार गरेको छ साथै यो नेपालको संविधान बिरूध्द भएकोले उक्त वाक्य हटाउनु पर्ने सांसद चौधरीले बताईन ।