धरान / धरान उपमहानगरपालिकाले कार्यपािलकाका ८ जना सदस्यलाई बाइपास गरेर बैठक बोलाएको भन्दैं कार्यपालिका सदस्यहरुले आपति जनाएका छन् ।
आज विहान कार्यपालिकाकोबैठक राखिएको थियो । २ वटै वडाका अध्यक्षहरुलाई पूर्व जानकारी भए पछि ८ जना कार्यपालिका सदस्यहरुलाई कुनै जानकारी नदिएको कार्यपालिका सदस्य कल्पना थापाले जानकारी दिइन ।
निर्वाचित वडा अध्यक्ष बाहेका ५ जना महिला, एकजना दलित र दुई जना अल्पसंख्यक गरि ८ जना कार्यपािलका सदस्यहरु रहेका छन् । ८ जनालाई नै नबोलाएको उनीहरुले गुनासो गरे । उनीहरु सबै नेकपाबाट कार्यपालिकामा प्रतिनीधित्व गर्छन ।
मेयर तिलक राईले मिटिङ शुरु भए पछि गल्ति भएको भनेरसम्पर्क गरेको थापाले बताइन् । ‘विर्सदाएकजना दुई जना विर्सन्छ । तर ८ जनालाई नै खवर गरिएको छैन् । मेयर सापले नियतवस गर्नु भएको छ ।’–सदस्य थापाले भनिन–‘हाम्रो गम्भीर आपति छ । दलित र महिलालाई वेवास्ता गर्ने काम भयो । नेतृत्व सच्चिनु पर्छ ।’
कुनै पनि बैठक गर्दा ७२ घण्टा अगाडी खवर गर्ने प्रावधान रहेको छ । तर छुटे पछि केही सदस्यहरुलाई ८ बजे पछि फोन गरिएको थियो । खवर ढिला गरेको भन्दैं कुनै पनि सदस्य बैठकमा सहभागी भएनन् ।
यस विषयमा मेयर तिलकलाई सम्पर्क गर्दा उनका स्वकीय सचिव राजुमान श्रेष्ठले फोन उठाए । प्रविधिक कारणले कार्यपालिकाका सदस्यहरुलाई खवर गर्न छुटेको उनले बताए । आज केही विषयमा छलफल गरेर भोली पुन बैठक बस्ने तयारी भएको श्रेष्ठले जानकारी दिए ।