धरान /  कोरोना भाइरसको त्रासकोा बीचमा प्रदेश १ मा प्रदेशसभा बैठक आजदेखि शुरुभएको छ । सुरु भएको छ ।
प्रदेश सभाको छैटौं तथा बजेट अधिवेशनको आज भएको बैठकमाबजेटबारे छलफल भएको छ ।

सामाजिक दुरी कायम गरि बैठकमा बस्ने व्यवस्था गरिएको छ । करिव ६० जना सांसदहरु बस्न मिल्ने गरि व्यवस्थापन गरिउको संसद सचिवालयले जानकारी दिएको छ । दुई तलामा गरेर बस्ने व्यवस्था मिलाइएको छ । 

आजको बैठकमा पाँच राजनीतिक दलका नेताले बोलेका थिए । त्यस पछि अर्थमन्त्री इन्द्र आङ्बोले बजेटकानीति तथा सिद्धान्तबारे संसदमा प्रस्तुत गरेका थिए । भोली विहान ११ बजे हुने बैठकमा प्रि बजेटका विषयमा सांसदमा छलफल हुने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

एक साताको छलफल पछि प्रदेश प्रमुख सोमथान अधिकारीले सम्बोधन गदैं सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । नीति तथा कार्यक्रम प्रस्तुत भए पछि असार १ गते बजेट सार्वजनिक गर्ने गरि तयारी थालिएको सचिव पराजुलीले जानकारी दिए । ‘जेठ २८ गतेसम्ममा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसक्ने छ । त्यस पछि हामी असार १ गते बजेट सार्वजनिक गछौं ।’–संसद सचिवलायका सचिव पराजुलीले भने । यस बर्षको बजेट कृषी,स्वास्थ्य र शिक्षालाइ प्रााथमिकतामा राखेर ल्याउने तयारी भइहेको छ ।