धरान । कोरोना अस्पतालमा आइसोलेसनमा राखिएका ५० वर्षीय एक पुरुषको बुधबार बिहानै ज्यान गएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएका कैलाली गौरीगंगाका पुरुषको आइसोलेसनमै मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । भारतबाट केही समय फर्किएका उनी हिजो साँझ अस्पतालमा भर्ना भएका थिए । 

उनको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मा नेगेटिभ देखिएको छ । पीसीआरका लागि स्वाब संकलन गर्ने तयारी भएको उनले जानकारी दिए । सेतीको प्रादेशिक अस्पतालमा हाल ६ जना कोरोना संक्रमित उपचाररत छन् । मर्ने पुरुषको अन्य पनि समस्या देखिएको छ । कोरोना हो वा अन्य कारणले भन्ने निक्र्यौल गर्नका लागि स्वाब संकलन गरेर पीसीआर गरेपछि मात्रै थाहा हुने उनले बताए ।