धरान । प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसरमा प्रेस युनियन सुनसरीले एप्स सार्वजनिक गरेको छ । एप्ससँगै सुनसरीले प्रकाशित गरेको डिजिटल क्यालेण्डर सार्वजनिक गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एप्स थिचेर सार्वजनिक गरेका छन् । सुनसरीले स्थापना दिवसको अवसरमा राखेको भर्चुअल कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले डिजिटल क्यालेण्डर सार्वजनिक गरेका हुन् । उनले मिडियामा पनि राहत प्याकेज ल्याउनका लाग माग गरेका छन् । 

कार्यक्रममा नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगाना, ट्रेड युनियन कांग्रेसका सभापति पुस्कर आचार्य, युरोप शाखाका सभापति विपिन निरौलालगायतले स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए । प्रेस युनियनका जिल्ला सभापति पवन अधिकारीले सबैलाई जानकारीका लागि एप्स निर्माण गरिएको बताए । उनले युनियनले २२० जनाको बिमासमेत गरिदिएको बताए । उक्त जानकारी पनि एप्समार्फत् पाउन सकिने बताए ।