धरान । जनकपुरको प्रादेशिक कोरोना विशेष अस्पतालबाट भागेका कोरोना संक्रमित पुरुष पक्राउ परेका छन् ।

उनलाई सर्लाहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार राति उनी अस्पतालको आइसोलेसनबाट भागेका थिए । संक्रमित सर्लाही धनकौलस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।  ४५ वर्षीय पुरुष अस्पतलाको झ्याल फोडेर फरार भएका थिए । सोमबार उनलाई घरमै फेला पारिएको हो । उनलाई पुनः उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याइएको अन्नपूर्णपोष्टलाई धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् । 

उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ । उनी मानसिक रोगी भएको हुन सक्ने अनुमान गरिएको छ । उनी यसअघि पनि पीसीआर परीक्षणका लागि स्वाब लिने क्रममा पनि भागेका थिए ।