धरान  / हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडीमा श्रीमानसँगै चेक जाँचका लागि पुगेका धरान १३ का एक दम्पति मध्य श्रमतिलाई कोरोना पुष्टि भए पछि धरान १३ लाई शिल गरिएको छ ।

शिवधारा क्षेत्रमा प्रहरी परिचालन गरि उनीसँग सम्पर्कमा आएकाहरुलाई पहिचान गर्ने काम भइरहेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकार िदिए । ती महिलालाई प्रतिष्ठानको आइसोलेसनमा राखिने तयारी गरिएको छ ।

यसैविच धरानमा पनि संक्रमित भेटिएको भन्दैं धर्यताका साथ लकडाउनलाई पूर्ण रुपमा पालना गर्न साँझ मेयर तिलक राईले विज्ञप्ति जारी गरि नगरवासीमा आग्रह गरेका छन् । घरमैबसी चिकित्सकहरुको सूझान लिन समेत उनले आग्रह गरेका छन् । 99413860_1180035829006596_5826086861730217984_n