धरान । भारतकाे बिहार राज्यस्थित एक क्वारेन्टाइन अश्लील नृत्य गरेको भिडियाे भाइरल बनेकाे छ ।

बिहारको समस्तीपुर जिल्लास्थित विभूतीपुर प्रखण्डको एक सरकारी स्कुलको क्वारेन्टाइनमा अश्लील नृत्य गरेको भिडिया अहिले सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ । अश्लील भिडियो भाइरल बनेपछि त्यहाको प्रशासनले जाँच गर्नका लागि कडा निर्देशन दिएको छ । यो अश्लील नृत्य क्वारेन्टाइनमा बस्ने मान्छेहरू र केही प्रतिनिधिले मिलेर कार्यक्रम गरेको हुनसक्ने अनुमान गरिएको छ ।

क्वारेन्टाइनमा यस्ता गलत गतिविधि गर्नका लागि भारत सरकारले अनुमति प्रदान गरेको छैन । यो भिडियो सार्वजनिक भएपछि कोरोना कोषका अधिकारी राजीवरञ्जन सिंहाले यस्ता कार्यक्रम गर्नका लागि कुनै पनि अनुमति प्रदान नगरेको दाबी गरे । उनले यो विषयमा जाँच हुने बताए । मनोरञ्जन प्रदान गर्नका लागि टेलिभिजन भने जोडिएको छ ।