Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • संविधान संशोधन प्रस्ताव छिट्टै आउँछ : प्रधानमन्त्री

संविधान संशोधन प्रस्ताव छिट्टै आउँछ : प्रधानमन्त्री

alt
  • जेठ ६, २०७७
  • ब्लाष्ट खबर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा, निशान छाप र प्रतीकचिह्नसहितको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्न एवं जिज्ञासाबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधानको अनुसूची ३ सँग सम्बन्धित संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने जानकारी दिए ।

उनले यसअघि आजै प्रतिनिधिसभाको बैठकमा उक्त अनुसूचीसहित आवश्यकतानुसार अन्य विषयमा पनि संशोधन गर्न सकिने जनाएका छन् । नेपालको गुमेको भूभागमा मन कुँड्याएर बसिरहने नभई अब फिर्ता ल्याउनुपर्छ भन्दै उनले दबेर वा हीनग्रन्थीबाट वा कसैले धम्क्यायो भने लच्किएर छिमेक सम्बन्ध नहुने स्पष्ट गरे । उनले भने, “सरकारले नयाँ नक्शा ल्याएको छ । अब अतिक्रमित भूमि फिर्ता ल्याउँछ । केही दिनमा उक्त नयाँ नक्शा प्राप्त हुनेछ ।” ‘मुख छाडेर नबोली धीतै नमर्ने ’ उनले सांस्कृतिक पुनःउत्थानसहित लोकतन्त्र र अर्थतन्त्रलाई पुनः संरचना तथा सत्तापक्ष र प्रतिपक्षको भूमिकालाई नयाँ मान्यताका साथ अघि बढाउन आवश्यक रहेकामा जोड दिए।

सामाजिक सञ्जालमा हेर्न र सुन्न नसकिने खालका कुरा पनि आउने गरेकाम दुःख व्यक्त गर्दै उनले प्रतिप्रश्न गरे, “हाम्रो संस्कार कस्तो भएर जाँदैछ ? मुख छाडेर नबोली धीतै नमर्ने ?” प्रधानमन्त्री ओलीले पुराना ज्ञान, शास्त्र, अनुभव र मान्यता महत्वपूर्ण हुने भए पनि पुल बनिसकेपछि जुत्ता खोलेर खोलो तर्र्नुपर्छ भन्ने ज्ञानको पालना गरिरहनु हुँदैन भन्दै संसदीय अभ्यासमा नयाँ अवधारणा अघि सार्न आवश्यक रहेकामा पनि जोड दिए ।

उनले समाजवादोन्मुख गन्तव्य भएको फराकिलो, उचाइयुक्त, व्यापक र जनताको लोकतन्त्रअनुकूल नीति तथा कार्यक्रम अघि सारिएको जनाउँदै गतिशील अर्थतन्त्र र मानव जगत्लाई खुशी पार्ने व्यवस्थाको कार्यान्वयनका लागि सरकार अग्रसर रहेको बताए । प्रधानमन्त्री ओलीले सरकारका दूरगामी सोच र स्थिरतामा कुनै अन्योलमा नपर्न आग्रह गर्दै सबै जनताका लागि लोककल्याणकारी राज्यको भावनाका साथ केही पनि खान, लाउन पाएन वा सहारा पाएन भन्ने खालको अशोभनीय र निर्दयी मानव समाज हुन नसक्ने स्पष्ट गरे ।

कसैले अन्न थुपारेर राख्ने र कोही बालबालिका वा ज्येष्ठ नागरिक खानेकुराका लागि सडकमा कुकुरसँग लडिरहेको हुने खालको समाज आफूहरुले अन्त्य गर्ने जनाउँदै पछिल्ला दिनमा काठमाडौँ उपत्यकाका सडकमा मागेर हिँड्ने कुनै पनि मानव नरहेको बताए । उनले मुलुकलाई तुइनमुक्त बनाइएको जनाउँदै अब चाँडै साक्षर नेपाल घोषणा गरिने उद्घोष गरे । कोरोनाको विनाशलीला कायम रहेका स्थितिमा ठूलाठूला देशलाई समेत ध्वस्त पारेको उल्लेख गर्दै नेपालमा पाइने बेसार, लसुन, प्यास, कागती आदि सेवा गरिरहनु स्वास्थ्यका लागि उपयोगी हुने सन्दर्भ उल्लेख गरे ।

सम्बन्धित समाचार
जेन जी आन्दोलनः सरकारी कार्यालय जलाउने एमालेका कार्यकर्ता पनि

विराटनगर । गत भदौ २४ गते ‘जेन जी आन्दोलन’ का नाममा मोरङमा भएको अराजक प्रदर् ...

बनेर पनि नचलेको धरान बसपार्क

धरान । लामो समयको विवादपश्चात् निर्माण सम्पन्न भएको डेढ वर्ष बितिसक्दा पनि ...

उपचारको क्रममा चालकको मृत्यु

धनकुटा । शैक्षिक भ्रमणबाट फर्कंदै गरेको सुनसरीको रामधुनी नगरपालिका–५ को पिङ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जेन जी आन्दोलनः सरकारी कार्यालय जलाउने एमालेका कार्यकर्ता पनि
बनेर पनि नचलेको धरान बसपार्क
उपचारको क्रममा चालकको मृत्यु
अनियमिततामा संलग्नलाई कारबाही गर
आजको राशिफलः २०८२ साल मङ्सिर १७ गते बुधबार
दलितविरुद्ध एमाले मत, मतपत्र र प्रतिनिधित्वमा विभेद
वन निगमको बदमासी बाहिरिएपछिः छानबिनपछि ‘बी’ ग्रेडको साल ‘ए’ ग्रेड कायम
दमकमा थप ५८ राउण्ड गोली फेला
एड्स रोगको उपचारमा ध्यान देऊ
आजको राशिफलः २०८२ साल मङ्सिर १६ गते मङ्गलबार
अस्मिता बिष्टको 'ब्ल्याकहोलमा गीतहरू’ कवितासङ्ग्रहको रचनाशिल्प र थिमेटिक अध्ययन
प्रभु बैङ्कका सिइओ पक्राउ
सरकारी कार्यालयमा आगजनी गर्ने पाँच पक्राउ
कामबाट निकालेको निहुँमा व्यवस्थापकको हत्या
एनसेलको ‘एनपीएल प्ले प्याक’ सार्वजनिक
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved