Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /राष्ट्रिय
राष्ट्रिय

संविधान संशोधन प्रस्ताव छिट्टै आउँछ : प्रधानमन्त्री

ब ब्लाष्ट खबर जेठ ६, २०७७ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
संविधान संशोधन प्रस्ताव छिट्टै आउँछ :  प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा, निशान छाप र प्रतीकचिह्नसहितको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्न एवं जिज्ञासाबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधानको अनुसूची ३ सँग सम्बन्धित संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने जानकारी दिए ।

उनले यसअघि आजै प्रतिनिधिसभाको बैठकमा उक्त अनुसूचीसहित आवश्यकतानुसार अन्य विषयमा पनि संशोधन गर्न सकिने जनाएका छन् । नेपालको गुमेको भूभागमा मन कुँड्याएर बसिरहने नभई अब फिर्ता ल्याउनुपर्छ भन्दै उनले दबेर वा हीनग्रन्थीबाट वा कसैले धम्क्यायो भने लच्किएर छिमेक सम्बन्ध नहुने स्पष्ट गरे । उनले भने, “सरकारले नयाँ नक्शा ल्याएको छ । अब अतिक्रमित भूमि फिर्ता ल्याउँछ । केही दिनमा उक्त नयाँ नक्शा प्राप्त हुनेछ ।” ‘मुख छाडेर नबोली धीतै नमर्ने ’ उनले सांस्कृतिक पुनःउत्थानसहित लोकतन्त्र र अर्थतन्त्रलाई पुनः संरचना तथा सत्तापक्ष र प्रतिपक्षको भूमिकालाई नयाँ मान्यताका साथ अघि बढाउन आवश्यक रहेकामा जोड दिए।

सामाजिक सञ्जालमा हेर्न र सुन्न नसकिने खालका कुरा पनि आउने गरेकाम दुःख व्यक्त गर्दै उनले प्रतिप्रश्न गरे, “हाम्रो संस्कार कस्तो भएर जाँदैछ ? मुख छाडेर नबोली धीतै नमर्ने ?” प्रधानमन्त्री ओलीले पुराना ज्ञान, शास्त्र, अनुभव र मान्यता महत्वपूर्ण हुने भए पनि पुल बनिसकेपछि जुत्ता खोलेर खोलो तर्र्नुपर्छ भन्ने ज्ञानको पालना गरिरहनु हुँदैन भन्दै संसदीय अभ्यासमा नयाँ अवधारणा अघि सार्न आवश्यक रहेकामा पनि जोड दिए ।

उनले समाजवादोन्मुख गन्तव्य भएको फराकिलो, उचाइयुक्त, व्यापक र जनताको लोकतन्त्रअनुकूल नीति तथा कार्यक्रम अघि सारिएको जनाउँदै गतिशील अर्थतन्त्र र मानव जगत्लाई खुशी पार्ने व्यवस्थाको कार्यान्वयनका लागि सरकार अग्रसर रहेको बताए । प्रधानमन्त्री ओलीले सरकारका दूरगामी सोच र स्थिरतामा कुनै अन्योलमा नपर्न आग्रह गर्दै सबै जनताका लागि लोककल्याणकारी राज्यको भावनाका साथ केही पनि खान, लाउन पाएन वा सहारा पाएन भन्ने खालको अशोभनीय र निर्दयी मानव समाज हुन नसक्ने स्पष्ट गरे ।

कसैले अन्न थुपारेर राख्ने र कोही बालबालिका वा ज्येष्ठ नागरिक खानेकुराका लागि सडकमा कुकुरसँग लडिरहेको हुने खालको समाज आफूहरुले अन्त्य गर्ने जनाउँदै पछिल्ला दिनमा काठमाडौँ उपत्यकाका सडकमा मागेर हिँड्ने कुनै पनि मानव नरहेको बताए । उनले मुलुकलाई तुइनमुक्त बनाइएको जनाउँदै अब चाँडै साक्षर नेपाल घोषणा गरिने उद्घोष गरे । कोरोनाको विनाशलीला कायम रहेका स्थितिमा ठूलाठूला देशलाई समेत ध्वस्त पारेको उल्लेख गर्दै नेपालमा पाइने बेसार, लसुन, प्यास, कागती आदि सेवा गरिरहनु स्वास्थ्यका लागि उपयोगी हुने सन्दर्भ उल्लेख गरे ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र: नेपाल रेडक्रस
असोज २६, २०८३
दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
असोज २६, २०८३
विराटनगरमा सिजीको मल्टीब्रान्ड शोरुम
असोज २६, २०८३
छापा संस्करण [ePaper]
  1. बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र: नेपाल रेडक्रस
    असोज २६, २०८३
  2. दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
    असोज २६, २०८३
  3. विराटनगरमा सिजीको मल्टीब्रान्ड शोरुम
    असोज २६, २०८३
  4. सर्वस्वीकार्य समाधान खोज
    असोज २६, २०८३
  5. आजको राशिफलः २०८३ साल असोज २६ गते सोमबार
    असोज २६, २०८३
  6. बूढीगण्डकीमा बाढी: पाँच जना बेपत्ता
    असोज २५, २०८३
  7. विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा
    असोज २५, २०८३
  8. गोरखामा हिमपहिरोपछि बुढीगण्डकीमा बाढी, ६५ छाप्रा क्षतिग्रस्त
    असोज २५, २०८३
  9. भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध
    असोज २५, २०८३
  10. रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
    असोज २५, २०८३
  11. बुढीगण्डकी बाढी: ३६ जनाको उद्धार
    असोज २५, २०८३
  12. फलाकु खोलामा ४० टन क्षमताको एक्रो ब्रिज जडान
    असोज २५, २०८३
  13. पहिरोले नदी थुनिएपछि बूढीगण्डकीमा आकस्मिक बाढी: बाढी पूर्वानुमान महाशाखा
    असोज २५, २०८३
  14. बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
    असोज २५, २०८३
  15. बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावित स्थलमा
    असोज २५, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड