धरान । भारतबाट केही समयअघि मात्रै सुनसरी आएका गढी गाउँपालिकाका एक २८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ ।

सुनसरीका पहिलो पटक कोरोना संक्रमित देखिएको हो । नेपालमा थप १८ जनामा कोरोना संक्रमण देखिएसँगै सुनसरीमा पनि पहिलो पटक कोरोना देखिएको हो । उनी भारतबाट वैशाख ३० गते नेपाल आएका थिए । स्वास्थ्य मन्त्रालयले जारी गरेको अद्यावधिकमा धनुषा, खोटाङ, बाँके दैलेख र सुनसरीका कोरोना संक्रमित देखिएको जनाएको छ । खोटाङमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरी र खोटाङका युवामा कोरोना संक्रमण देखिएको हो । खोटाङ लसेलीका २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको देखिएको छ । नेपालमा हालसम्म ३७५ जना कोरोना संक्रमित पुगिसकेका छन् ।

Bp_corona