धरान  / कोरोना संक्रमण जोखिम बढेको भन्दैं उपमहानगरपालिकामा लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ ।

धरान उपमहानगरमा मेयर तिलक राईको उपस्थितिमा बसेको बैठकलले नगरपालिका र सुनसरी उद्योग बाणिज्य संघको समन्वयमा उपभोक्ताहरुलाई दिदैंआएको होम डेलिभरी सेवा र अनय किनमेलका सेवा बन्दगर्ने निर्णय गरेको हो ।

विभिन्न फाष्टफुडहरुले घरघरमा सेवा प्रवाह गरिरहेको र अरू ठुला डिपार्टमेन्ट स्टोरहरूले पनि खाद्यान्नका सामाग्री ढुवानी गरिरहेकोमा कोरोना सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को निर्णय नहुन्जेल स्थगित गर्ने निर्णय भएको बताइएको छ । बिहान ६ बजेदेखि ९ बजे सम्म लकडाउनमा अपनाउनुपर्ने नियमलाई कडाइका साथ पालना गर्दै दिने सोव भने सुचारु हुने छ ।

यसै गरी धरान उपमहानगरमा विद्यार्थीहरूलाई केन्द्रित गरी साताको दुई दिन पुस्तक पसलहरू खोल्ने निर्णयलाई पनि बैठकलले खारेज गरेको छ ।

बैठकबारे बजार अनुगमन संयोजक बेखवर
धरान उपमहानगरपालिकी उपमेयर मञ्जु भण्डारी निर्णयबारे आफु अनभिग्य भएको बताएकीछन् । बजार अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर भण्डारीलाई मेयरले बाइपास गरेर आफुखुशी निर्णय गरेको उनले बताएकी छन् । ‘म विराटनगर गएको थिए । मेयर सापले बैठक राखेर निर्णय गरेको कुरा अनलाइनहरुमा समाचार हेरेर थाहा पाए ।’–उपमेयर भण्डारीले भनिन–‘बजारबन्द भन्दा पनि धरान प्रवेश गनेृ नाकाहरुमा कडाई गरेर जनतालाई सहज बनाउने बेला आएको छ । दुई महिनासम्म बन्दलेआजित भएका जनतालाई सान्तोना दिनु पर्नेबेलामा थप बन्द गरेर दुख दिन नहुने हो ।’

उनले मेयर सापले आफ्नो क्षेत्रअधिकार मिचेर बैठक राखेको गुनासो गरेकीछन् । धरानको नाकामा कडाई र विदेशबाट र अन्यत्रबाट आउनेको निगरानी गरेर बजार अलिक खुकुलो पार्न सकिने उनले बताइन ।

यता मेयर तिलक राईले होम डेलिभरीगनेृ संख्याहरुको विषयमा प्रहरी प्रशासनसँग आकस्मिक बैठक बसेको बताएका छन् । बैठकमा उपमेयर नदेखे पछि आफै फोन गर्दा विराटनगर भएको बताए पछि बैठकमा उपस्थित हुन नसक्नु भएको राईले बताए । –‘याे संकटका बेला मेयर उपमेयर, महाशाखाहरुको बैठक भइरहन्छ । यसलाई बाइपास गरेको भन्न मिल्दैंन् ।

सुनसरी सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले पनि संघलाई कुनै जानकारी नभएको बताएका छन् । २ बजे तिर एक कर्मचारीले २ः३० मा बैठक भनेर खवर गरि औपचारिकता पुरा गर्ने काम उपमहानगरले गरेको उनले बताए ।
बैठकमा नगरपालिकाकामर्कचारी, इलाका प्रहरी कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेको बताइएको छ ।