ब्लष्टखबर । बाँके जिल्लामा आज ४७ जनामा काेराेना संक्रमित फेला परेकाे छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अञ्चल अस्पतालमा  भएकाे परिक्षणमा एक महिला र ४६ जना पुरूष गरी ४७ जनामा संक्रमण देखिएकाे हाे । 

मन्त्रालयका प्रवक्ता विकाश देभकाेटाले आजै विराटनगर स्थित प्रादेशिक प्रयाेगशालामा माेरङका एक जना पुरूषमा काेराेना संक्रमण देखिएकाे बताएका छन् । उनले भैरहवाकाे प्रयाेगशालामा ४१ वर्षी गुल्मीका एक पुरूषका साथै धुलिखेलकाे प्रयाेगशालामा धनुषा, राैतहट, दाङ र धादिङका १ –१ गरी जम्मा ५३ जनाका काेराेना संक्रमण पुष्टिभएकाे बताएका छन् ।

याे संगै नेपाला काेराेना संक्रमितकाे संख्या ३५७ पुगेकाे छ । २ जना संक्रमितकाे मृत्यु समेत भैसकेकाे छ ।