उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गुरुप्रसाद बरालले जननेता मदन भण्डारी र जिवराज आश्रीतको २७ औं स्मृति दिवस परिस्थितीले गर्दा शब्दमा मात्र व्यक्त गर्नुपरेको बताएका छन ।

मुलुकले दुई महिना अघि देखि लकडाउनको सामाना गरी कोरोना भाईरस नियन्त्रण तथा रोकथामको अभियानमा सकृय बनेको अवस्था रहेको र भेलाजन्य सवै गतिविधी समेत गर्न नपाउने भएकोले जेष्ठ ३ गते पर्ने उक्त स्मृति दिवस औपचारीक रुपमा मनाउन अनुकुलता नभएको बताउदैँ अध्यक्ष बरालले उहाँहरुले देखेको समपनालाई साकार पार्ने अभियानमा प्रतिष्ठान लागेको बताएका छन ।

जननेता भण्डारीको स्मृतिमा उर्लाबारीमा स्थापना भएको उक्त प्रतिष्ठानले प्राविधीक एवं ईन्जिनियरिङ बिषयमा स्नातक तह सम्म नेपाल भरीका बिद्यार्थीलाई दिक्षीत गर्दै आएको छ । प्रत्येक बर्ष जेष्ठ ३ गते प्रतिष्ठानले विविध कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउने गरेको थियो ।

यस्तै नेकपा उर्लाबारीका नगर अध्यक्ष उमाकान्त गौतमले पनि लकडाउनका कारण नगर कमिटिले उहा“हरुको स्मृतिमा कुनै औपचारीक कार्यक्रम तय गर्न नसकीएको बताउदै सवैले घरमा बसेर लकडाउनको पालना गरी लकडाउनको पालन गर्नुपर्ने भएकोले र परिस्थिती अनुकुल भएपछि स्मरण गर्ने बताएका छन ।

तत्कालीन नेकपा(एमाले)का महासचिव मदनकुमार भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको २०५० साल जेष्ठ ३ गते चितवनको दासढुङगामा जिप दुर्घटनामा निधन भएको थियो ।