ब्लाष्टखबर । भारतले नेपाली भूमी दार्चुलाको लिपुलेख, कालापानी अतिक्रमण गरी सडक बनाएको भन्दै राष्ट्रिय युवासंघ धरानले शुक्रबार बिरोध प्रर्दशन गरेको छ । उनीहरूले भारत  विरोधी नारा समेत लगाए ।

२० भन्दा बढि युवासंघ धरानका नेता  कार्यकर्ताहरूले धरानस्थित नेकपा पार्टी कार्यालय छाता चोक देखि भानु चोकसम्म  भारत विरोधी बिभिन्न प्ले कार्डसहित नाराबाजी गर्दै विरोध र्याली गरेका गरेका छन् । र्यालीमा युवा संघका नगर, जिल्ला र केन्द्रसम्मका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । 

भानुचोकमा भएको कोणासभालाई राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य हिमाल लिम्बुले सम्बोधन गरेका थिए । विश्व संकटमा परेको बेला मौका छोपी भारतले नेपालमाथि गिद्धेदृष्टी लगाएको लिम्बुले बताए । सरकारले कुटनितिक पहल गरि आफ्नो भूमी फिर्ता नगराएर नेपाली युवाहरु सशक्त आन्दोलनमा उत्रिले चेतावनी दिए ।

युवा संघको छुट्टा छुट्टै र्याली
केही दिन अघि राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हरि लिम्बुलगायतले पनि विरोध प्रर्दशन गरेको थियो । उक्त र्यालीमा नेकपा जिल्ला सचिवालय सदस्य तथा युवा फाँट इञ्चार्ज पूर्ण भूजेलको उपस्थिति रहेको थियो । त आज भएको प्रर्दशनमा उनीहरुको उपस्थिति रहेको थिएन ।

21 23 26 27 24