धरान / नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा कार्यरत चिकित्सक तथा नर्सहरुका लागि सर्जिकल माक्स उपलब्द गराएको छ । युकेमा बस्ने पार्टीकै कार्यकर्ताहरुको सहयोगमा एक सय २५ थान केएन ९५ माक्स उपलब्द गराइएको नगर सचिव श्याम पोखरेलले जानकारी दिए ।

तरुणदल क्षेत्रीय उपसभापति रवि राई, सुनसरी उपसभापति सन्तोष विकको पहलमा करिव ६० हजार बराबरको माक्स गरिद गरि उपलब्द गराइएको पोखरेलले जानकारी दिए । नगर पार्टी सभापति तथा धरान उपमहानगरका मेयर तिलक राईले प्रतिष्ठानका डा. प्रमेन्द्रप्रसाद गुप्तालाई हस्तान्तरण गरेका थिए ।