धरान  / नेपालमा थप एकजनामा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हालको १२ः१५ को अध्यवधिक अनुसार नवलपरासीका एक ४९ बर्षीय पुरुषमा देखिएको हो । यो संगै देशभर संक्रमितको संख्या २ सय ४६ पुगेको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।