धरान  / भारतले नेपाली भूभाग अतिक्रमण गरेर सडक निर्माण गरेको विषयमा धरान आज गरिएको प्रर्दशनका क्रममा पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई प्रहरीले साँझ ४ बजे छाडेको छ ।

महेन्द्र बहुमुखी क्याम्पस धरानका नेविसंघ र स्वतन्त्र नागरिकको तर्फबाट गरिएको विरोध र्याली प्रदर्शन गरेका थिए । प्रर्दशनको क्रममा सरकारले गरेको लकडाउनको व्यवस्था गरिएको भन्दैं प्रहरीले दिउँसो नियन्त्रणमा लिएको थियो । लकडाउनलाई पूर्ण पालन गर्न आग्रहसहित प्रहरीले छाडेको हो । ‘उहाँहरुले लकडाउन उलंघन गरेर प्रर्दशन गर्नु भयो । हामीलेृ पक्राउ गरेर सम्झाएर छाडेका छौं ।’–इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले भने ।

उनीहरुले प्रधानमन्त्री केपी ओली, भारत विरुद्ध चर्को नारावाजी गरेका थिए । प्रहरीले नेविसंघका कार्यवहाक सभापति दोर्ची शेर्पा, जिल्ला सचिव टेकेन्द्र राई, जिल्ला सदस्य विमल बुढाथोकी, नेविसंघ इकाई सचिव तथा स्वावियु सदस्य रोशन चोम्वाङ,नेविसंघ क्षेत्रीय सचिव विनोद आले मगर, नेविसंघ उपसभापति अजय लिम्बु, अजित लिम्बु, इकाइ सदस्य उत्तम राई र हातीसार क्याम्पसका उपसभापति कृष्ण बड्डुलाई प्रहरीले  पक्राउ  गरेकाे थियाे । परेकाछन् ।

यता स्वतन्त्र नागरिकबाट प्रर्दशनमा निस्किएका हर्क साम्पाङ, रविन राई, सुवास बर्देवा, सरोज चौलागाई, इमान राईलाई प्रहरीले पक्राउ गरेको  थियाे ।  उनीहरु सबैलाई प्रहरीले छाडेको छ ।

97443252_710733616420867_5273435256337203200_n