धरान । लाखौं नेपालीको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) र पोलिमरेज चेन सिस्टम (पिसिआर) गर्ने तयारीमा सरकार रहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

मंगलबार ‘कोरोना भाइरसका कारण शिक्षाका पारेको प्रभाव र समाधान’ का विषयमा गरिएको भर्चुअल छलफलका क्रममा मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् । यसका लागि सरकारले किट पनि ल्याइसकेको उनले बताए । उनले एक लाख जनाकाे परीक्षण गर्ने तयारीमा रहेकाे बताए । 

उनले सीमा नाकाबाट प्रवेश गर्ने नेपालीहरूलाई होम क्वारेन्टाइनमा राख्ने भन्दा पनि सरकारले बनाएको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको बताए । उनले सरकारले गरेको लकडाउनका बेला सबैले अनुशासित भएर बसिदिन आग्रह गरे । उनले जनता अनुशासित भएका कारण जापान, भियतनाम, दक्षिण कोरियामा मृत्युदर एकदमै न्यून रहेको बताए ।