कालाबञ्जार । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ समितिले आइतबार भर्चुअल बैठक सम्पन्न गरेको छ ।
प्रदेश १ का अध्इक्ष अर्जुन जम्नेली राईको अध्यक्षतामा बसेको बैठकले प्रदेश १ भरि क्रियाशील रूपमा कार्यरत पत्रकारहरूलाई कोरोना महामारीका बेला रोकथाम र नियन्त्रणका लागि आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन सरोकारवालासँग पहल गर्ने निर्णय गरेको छ । त्यस्तै सबै पत्रकारहरूको सुरक्षाका लागि प्रदेश १ सरकारलाई सहयोग गर्न आग्रह गरिने निर्णय गरिएको महासचिव विदुर खवासद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
कोभिड १९ का कारण विद्युतीय तथा छापा सञ्चारमाध्यमको वर्गीकरणको मापदण्ड सहुलियत गर्न सम्बिन्धत निकायलाई अपिल गर्दै कुनै पनि बाहानामा लोककल्याणकारी विज्ञापन नरोक्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको छ । त्यस्तै कोरोना प्रभावितलाई राहत जुटाउनसमेत सरकारसँग माग गरिएको छ । यसक्रममा भारतको हेपाहा प्रवृत्तिको पनि खुलेर विरोध गर्दै सबै सचेत नागरिकलाई अभियानमा लाग्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
नेपाल सरकारले हालै संस्कृत भाषालाई अनिवार्य रूपमा पाठ्यक्रममा राख्ने विषयको विरोध समेत गरेको छ । त्यस्तै कुनै पनि पत्रकारलाई संकटको बहाना बनाएर निकाल्ने र तलब कटौती नर्गन सबै सञ्चार माध्यमलाई आग्रह गरिएको अध्यक्ष अर्जुन जम्नेली राईले बताए । यसक्रममा तेह्रथुममा सम्पन्न पहिलो बैठकको समीक्षासमेत गरिएको छ ।