धरान / भारतीय विस्तारवाद विरुद्ध धरान युवाहरूले विराेध जुलुस निकालेका छन् ।
भारतले केही दिन अघि दार्चुला,  लिपुलेक हुँदै मानसराेवरसम्म जोड्ने नयाँ मार्ग उद्घाटन गरेर अन्तर्राष्ट्रिय कानुनको धब्जी उडाएको उनीहरुले बताएका छन् ।

काेराेना भाइरसकाे महामारीको बेला मौका छोपेर नेपाली भूमी भारतले कब्जा जमाएकोमा उनीहरुले विरोध गरेका हुन ।

धरानका युवाहरूद्वारा निकालिएको विरोध जुलुसमा भारतीय सेना फिर्ता गर्नु पर्ने, नेपालको भूमी तत्काल फिर्ता गर्न माग गरेका छन् । उनीहरूले सरकारकाे लाचरीपनकाे समेत  विराेध गरे ।

जुलुस कलेजबाट कलेजराेड हुदैं भानुचाेक पुगेर पुन तरकारी बजार हुँदैं कलेज फर्किएकाे थियाे ।  उनीहरुले भारत विरोधी नारावाजीसमेत गरेका थिए । जुलुस निकाल्न प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपको वाबजुद पनि विरोध जुलुङ निकालिएको स्वावियु सभापति सरगम सागर चेम्जोङले जानकारी दिए ।

mayesh

त्यस्तै, धरानका  केहि स्वतन्त्र नागरिक साथै  महेश  श्रेष्ठकाे नेत्रित्वमा धरानकाे भानु चाेकमा विभिन्न भारत विरूद्धमा लेखिएकाे प्ले कार्ड सहित विराेध प्रर्दशन गरेका थिए ।

 

andolan