काठमाडौं  / भारतले शुक्रवार नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा नेपालले कडा आपत्ति जनाएको छ। भारतको मिचाहा प्रवृति विरुद्ध सर्वत्र विरोध आए पछि परराष्ट्र मन्त्रालयले शनिवार एउटा विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेको प्रष्ट पारेको छ ।

भारतको उक्त कदम दुई देशबीच प्रधानमन्त्रीस्तरमै सीमासम्बन्धी विवाद आपसी समझदारीका आधारमा सल्टाइने विषयमा भएको समझदारीको विरुद्धमा रहेको परराष्ट्र मन्त्रालयले प्रष्ट पारेको छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रवार धार्चुला–लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए।