धरान  / संघीय संसदको वर्षे (बजेट) अधिवेशन शुक्रबारबाट सुरु भएको छ। बैठक अपराह्न ४ बजेदेखि संसद भवन नयाँ बानेश्वरमा सुरु भएको थियो । बैठकमा सभामुख अग्‍नि सापकोटाले शोक सन्देश सुनाए पछि सत्तारुढ दल नेकपा र सरकारको विषयमा कडाआलोचना भएको छ ।

संघीय जनतापार्टीका नेता डा.बाबुराम भट्टराईले त प्रधानमन्त्रीबकोशरिर जीर्णभएकाले राजनाममादिन माग गरे ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन ।

बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेकाहुन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको दाबी गरेको छ ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सिङ्गो देश कोरोनाबाट आतंकित भएको बेला सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको भावना विपरीत अध्यादेश ल्याएको बताएका छन् ।

‘सबैले कोरोनाविरुद्धको लडाइँमा एक भएर साथ दिइरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत भएकोउनकोदावी थियो ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले यो दुई तिहाईको सरकारले दुई कौडीको काम गर्न नसकेको आरोपलगाए । यस्तो ‘दुई कौडी’ को सरकारसँग केही पनि माग्न नसकिने बताउँदै महतोले देशलाई विकल्प चाहिएको भने ।

‘जनता महामारीबाट पीडित छ, यहाँ सरकारभने अर्कै धन्दा गरिरहेको भन्दैं पार्टी फोर्ने, सांसद चोर्ने, सांसद अपरहण गर्ने, गराउने कामभएकोबताए ।

सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेर सरकारले मानवताविरुद्धको अपराध गरेको भन्दै महतोले यस्तो सरकारले केही दिन नसक्ने बताए । सांसद महतोले कोरोनालाई मजाकका रुपमा नलिन आग्रह गर्दै परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेका छन् ।