धरान  / वैशाख २५ गते बुद्धजयन्तीको अवसरमा नेपाल सरकारको आह्वानमा देश भर दीपावली गरिएको छ ।
स्थानीयवासीहरुले साँझ ७ बजे दीपावली गरेका हुन् । धरानमा पनि दीपावली गरिएको छ ।
मोरंग व्यापार संघले आफ्नो प्राङ्गणमा सामाजिक दुरी कायम गर्दै बेलुकी ठिक ७ः०० बजे भव्य दीपावली गरेको छ ।

सोही अवसर पारी संघले विराटनगर सरुवा भई आएका डीआईजी ईश्वर बाबु कार्कीको स्वागत पनि गरिएको थियो ।