काठमाडौं  / अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाले जनाएको छ ।
आज भएको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरू सही रहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिक मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सक्ने संकेत गरेको हो ।

उनले नागरिकको सुरक्षाका लागि केही दिन लकडाउन लम्बिने संकेतसमेत गरे ।
‘ नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकालेको छ । लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको छ । ’।

यस विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’ मंगलबारबसेको संयन्त्रणकोबैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागीतारहेको थियो । बैशाख ११ गतेदेखि पटक पटक थप गदै‌ २५ गतेसम्म लकडाउन गरिएकाे छ । २५ गते पछि पनि सरकारले लकडाउन थप्ने स‌केत समितिले गरेकाे छ ।