ब्लाष्टखबर। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)काे सचिवालय बैठक सुरू हुन केहि समय अघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन्।
नेकपा भित्र उत्पन्न विवादबारे छलपफल गर्न आज साँझ हुने सचिवालय बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेकाे प्रसासन न्युज बेवसाइटले समचार प्रकासन गरेकाे छ।
प्रधानमन्त्रीकाे सचिवालयका चेतन अधिकारीले भने अाधिकारीक रूपमा जानकारी नपाएपनि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासमा गएकाे भन्ने सुनेकाे बताएका छन् । उनलले भने " प्रधानमन्त्री र राष्ट्रपतिकाे नियमित भेटघाट हुने नै गर्छ, मैले पनि वहाँ जानु भएकाे भन्ने सुनेकाे हुँ तर प्रष्ट थाहाँ छैन । "
यस अधि बुधबार बसेकाे सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री र नेकपाका वरिष्ठ नेता माधव नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव अघिसारेका थिए । उक्त प्रस्ताव माथि ठोस छलफल गर्न अहिले साढे ५ बजेबाट सचिवालय बैठक सुरू हुने भनिएकाेमा ६ बजे सम्ममा पनि सुरू नभएकाे अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री ओली सचिवालय बैठक सुरूहुने भिनएकाे समय भन्दा १ घण्टा अघि शीतल निवास पुगेका थिए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार दिउँसो ४ बजेका लागि बस्ने भनिएको सचिवालय बैठक साढे ५ बजेका लागि सरेको हाे ।
 
                     
         
                                        
                                                                                                 
        































