संखुवासभा । कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै पूर्व खानेपानी राज्यमन्त्री दिपक खड्काले संखुवासभा जिल्लाका पत्रकारलाई माक्स र सेनिटाइजर उपलब्ध गराएका छन् ।
उनले जिल्लामा क्रियाशील पत्रकारहरूलाई नेपाल पत्रकार महासंघ संखुवासभामार्फत् मास्क र सेनिटाइजर उपलब्ध गराएका हुन् । नेपाली कांग्रेस संखुवासभाका सभापति दीपनकुमार श्रेष्ठले पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीलाई सामग्री हस्तान्तरण गरे । उ
संखुवासभा जिल्लामा कोरोनाबाट संक्रमित नभए पनि महामारीको रूपमा फैलिएको कोरोना सुरक्षित रहन पत्रकारहरूलाई सहयोग गरिएकोमा महासंघका अध्यक्ष गिरीले धन्यवाद दिए । संखुवासभामा महासंघसँग आवद्ध करिब ५० जना पत्रकार रहेका छन् ।
पूर्व राज्यमन्त्री खड्काले व्यक्तिगत खर्चमा कारोना राहतकोषमा नगद ५ लाख र करिब १० लाख बराबरको संखुवासभा जिल्लाका १० स्थानीय तहलाई पिपिइ सेट, थर्मल गन, मास्क औषधि र दुई दर्जन बढी हिलट्यांक सामग्री उपलब्ध गराएका थिए ।