धरान। लामाे समयकाे प्रयास पछि आज समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकता भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएकाे छ । झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको प्रयाेग गर्ने निर्णय भएकाे छ । सरकारले ल्याएको नयाँ अध्यादेशका कारण समाजवादी पार्टी फुट्ने अनुमान भइरहेका बेला दुई पार्टीले बुधबार एकता गरेका हुन् । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा दुवै पार्टीका शीर्ष नेताहरुबीच एकता वार्ता भएको थियो ।
पार्टी पहिले फुट्नेकी जुट्ने भन्ने विषयमा हल्ला चलिरहेकाे बेला एकता भएकाे छ । बिहीबार पार्टी दर्ता गरिने भएकाे छ । पार्टी एकतामा राजपाका राजकिशोर यादव र अनिल झाहरुको समुहले बहिष्कार गर्ने भन्ने हल्ला चले पनि आधिकारिक केही आएकाे छैन् ।
श्राेतका अनुसार समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन्। यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेेेेेकाे बताइएकाे छ ।छ
 
 
 
                     
         
                                        
                                                                                                 
        































