धरान । धरानका शिक्षासेवी तथा प्याब्सन सुनसरीका बरिष्ठ उपाध्यक्ष अनुप योञ्जन तामाङलाई पितृ शोक परेको छ ।
शिक्षासेवी तामाङको बुबा गणेश तामाङको ७३ वर्षको उमेरमा शनिबार निधन भएको छ । २०७६ को असारदेखि प्रोष्टेट क्यान्सर देखिएको थियो । धरान, काठमाडौंमा उपचार गराए पनि केही दिनअघिबाट सिकिस्त बनेका थिए । उनलाई धरानस्थित विजयपुर हस्पिटलको आइसियुमा (सघन उपचार कक्ष) मा राखेर उपचार भइरहेको थियो ।
तामाङ लामो समय नेपाल कम्युनिष्ट पार्टी एमालेमा नगर सदस्यको रूपमा कार्यरत रहेका थिए भने पछिल्लो सयम ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य रहेका थिए । उनलाई नेकपा नगर कमिटीले पनि सम्मानका साथ पार्टीको झण्डा ओढाएको थियो ।
कार्यक्रममा संघीय सांसद् तथा प्रदेश सदस्य जयकुमार राईलगायतका नेता कार्यकर्ताहरू उपस्थित भएर सम्मानका साथ पार्टीको झण्डा ओढाएका थिए । लामो समय राजनीतिमा सक्रिय रहेका तामाङ पछिल्लो समय भने स्वास्थ्यका कारण पार्टीमा सक्रिय रहेका थिएनन् । उनको एक छोरा, एक छोरी र श्रीमती रहेका छन् । छोरा अनुप योञ्जनले धरान–१८ मा माउन्ट हर्मन एकेडेमी सञ्चालन गर्दै आइरहेका छन् ।
मृतक तामाङको धरान–८ स्थित बौद्ध दाहसंस्कार स्थलमा अन्तिम संस्कार गरिएको थियो । तामाङ परम्पराअनुसार नै संस्कार गरिएको हो ।