धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले जिल्लाको सात स्थानिय तहमा रहेका अति विपन्न, दैनिक ज्याला मजदुरी र श्रोत विहिन ७ हजार, ६ सय, ९१ घरधुरीको पहिचान गरी राहात वितरण गरेको जनाएको छ ।
नेपाल कम्युष्टि पार्टी (नेकपा) जिल्ला कमिटी धनकुटाले बुधबार बिहान धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । सामाजिक दुरी कायम गरेर आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्लाको सात वटै स्थानिय तहका प्रमुखहरुले आ–आफ्नो नगरपालिका, गाउँपालिकामा अति विपन्न, दैनिक ज्याला मजदुरी गरी खाने र श्रोत विहिन घरधुरी पहिचान गरी राहात वितरण गरिएको जानकारी दिएका थिए ।
नेकपा जिल्ला कमिटी धनकुटाका अध्यक्ष एवं संघिय सांसद राजेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आफ्नो नगरको १० वटै वडामा लकडाउनले गर्दा दैनिक हातमुख जोड्न समश्या परेको घरपरिवारलाई राहात वितरण गरि सकिएको वताए । प्रमुख तामाङले १ नम्वर वडा देखी १० नम्वर वडासम्मको जम्मा २ हजार, २ सय, ९३ घरधुरीलाई प्रति घरधुरी २५ केजी चामल, २ केजी दाल, १ केजी नुन्, १ लिटर खाने तेल र १ पिस हातधुने सावुन वितरण गरिएको बताए । जसबाट ११ हजार, ४ सय, ६५ जनसंख्या लाभान्वित भएका छन् भने कुल खर्च ३९ लाख, ४८ हजार, ५ सय २० रुपयाँ भएको छ ।
त्यसैगरी धनकुटा नगरपालिका वडा नं.६ स्थित् औधोगिकग्राममा ५० जना संक्रमितलाई राख्न मिल्ने क्षमताको आवश्याक बन्दोवस्तीका सामाग्री, बत्ति, पानी, सुरक्षा तथा संचारको व्यावस्था भएको क्वारेन्टाईन खडा गरिएको पनि नगर प्रमुख तामाङले बताए । क्वारेन्टाईन व्यावस्थापनको लागी धनकुटा नगरपालिकाले १० लाख रुपयाँ विनियोजन गरेको छ । नगर क्षेत्रमा कोरोनाको संक्रमण रोक्नको लागी दमकल मार्फत ५ लाख बराबरको आवश्याक औषधी र जनशक्ति प्रयोग गरेर स्प्रे समेत गरिएको छ ।
सो अवसरमा उनले लकडाउनको समयमा पनि नगरपालिकाले प्रदान गर्ने अति आवश्याक सेवाहरु नियमित रुपमा संचालन गरिहेको र कोरोनाको संक्रमण वा महामारी फैलिन नदिन सावधानी अपनाउन सम्पुर्ण नगरवासीहरुमा संचारमाध्याम, सामाजिक संजाल र माईकिङबाट समेत सु–सुचित गरिएको वताए । नगर प्रमुख तामाङले आवश्याक्ता हेरी दोश्रो पटक समेत राहात वितरण गरिने तयारी नगरपालिकाले गरिहेको बताएका छन् ।
त्यसैगरी महालक्ष्मी नगरपालिकाका उप–प्रमुख मञ्जु अधिकारीले आफ्नो नगरपालिकामा ६ सय १८ घरधुरीलाई राहात वितरण गरिएको वताईन । उनले राहात वितरणबाट २ हजार, ३ सय, ४५ जना लाभान्वित भएको र जस्का लागी १२ लाख रुपयाँ खर्च भएको बताएकी छन् । कोभिड–१९ प्रकोप व्यावस्थापन कोषको लागी जनप्रतिनिधहरुको १ महिनाको तलब सहित ३० लाख रुपयाँ जम्मा गरिएको वताईएको छ । उनले कोरोना भाईरस संक्रमितहरुको लागी महालक्ष्मी नगरपालिकामा १० वेडको क्वारेन्टाईन केन्द्र स्थापना गरिसकिएको बताईन ।
त्यसैगरी पाख्रीवास नगरपालिकाका प्रमुख वृषवहादुर राईले १५ सय घरधुरीलाई ३० लाख वरावरको राहात वितरण गरेको जानकारी दिए । उनले कोरोना भाईरसबाट वच्नको लागी सवैखाले सचेतनाका उपायहरु अवलम्वन गरिएको जानकारी दिदै पाख्रीबासमा संभावित कोरोनाको रोकथामको लागी मापदण्ड अनरुपको १० वेडको क्वारेन्टाईन तयारी अवस्थामा राखीएको वताएका छन् ।
त्यसैगरी साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंङ्ग याखाले आफ्नो गाउँपालिकामा १ हजार, ५० घरधुरीका ४ हजार, ३ सय, ५० जना लाभान्वित हुने गरी १८ लाख बराबरको दैनिक उपभोग्य सामाग्रहीहरु चामल, दाल, नुन्, तेल, साबुन, लगायतको राहात वितरण गरिएको वताए । याखाले जनप्रतिनिधिको १५ दिनको सुविधा वापतको रकम सहित १८ लाख रुपयाँ प्रकोप व्यावस्थापन कोषमा जम्मा गरिएको वताएका छन् ।
उनले साँगुरीगढी गाउँपालिका धनकुटा जिल्लाको मात्र नभएर कोशी पहाड कै प्रवेशद्धार भएकाले उच्च सतर्कताका साथ थर्मगन सहित भेडेटार बजारमा हेल्थडेक्स संचालनमा ल्याइएको वताएका छन् । उता छथरजोरपाटी गाउँपालिकाका प्रमुख शेरवहादुर लिम्वुले ६ सय ९१ घरधुरीको लागी १० लाख, ७४ हजार, ९५ रुपयाँ बराबरको राहात सामाग्री वितरण गरिएको सो अवसरमा जानकारी दिए । उनले गाउँपालिकाको विभिन्न वडामा ७ स्थानमा हेल्थडेक्स स्थापना गरिनुको साथै १० वेडको कोरोना संक्रमणबाट बच्न क्वारेन्टाइन स्थापना गरिएको बताए ।
यता शहिदभुमी गाउँपालिकामा पनि ४ सय, ३९ विपन्न घरधुरीको पहिचान गरी १४ लाख बराबरको अति विपन्न परिवारलाई राहात वितरण गरिएको अध्यक्ष मनोज राईले जानकारी दिए । पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष राईले आफ्नो गाउँपालिकामा कोरोना भाईरसबाट बच्न २१ वेडको क्वारेन्टाईन स्थापना गरिएको र जस्मा १ जना भारतिय महिलालाई क्वारेन्टाईनमा राखिएको बताए ।
उनले शहिदभुमी गाउँपालिकामा जनप्रतिनिधहरुको १५ दिनको सुविधा, कर्मचारी र शिक्षकको ३÷३ दिनको तलब वापतको रकमबाट प्रकोप व्यावस्थापन कोष स्थापना गरिएको बताए । त्यसैगरी चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले भने आफ्नो गाउँपालिकामा अहिलेसम्म राहात वितरण नगरिएको वताए । उनले राहात वितरणको लागी अति विपन्न, दैनिक ज्याला मजदुरी गरि खाने र श्रोत विहिन १ हजार, १ सय घरधुरी पहिचान गरी वितरणको प्रक्रियामा रहेको जानकारी दिए ।
जनप्रतिनिधहरुको १५ दिनको सुविधा कटौती गरेर बाँकी रकम अन्य श्रोतबाट जुटाई २० लाख, ७५ हजार बराबरको प्रकोप व्यावस्थापन कोष स्थापना गरिएको अध्यक्ष राईले बताए । त्यसका साथै चौबिसे गाउँपालिकामा कोरोनाको संक्रमणबाट वच्नको लागी १० वेडको क्वारेन्टाईन स्थापना गरिएको र विदेशबाट आएका ३३ जना मध्ये २ जनालाई क्वारेन्टाईनमा राखिएको वताइएको छ । आयोजित पत्रकार सम्मेलनमा प्रदेश सांसद एवं विधायन समितिका सभापति इन्द्रमणी पराजुली, प्रदेश सांसद निरन राई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक वहादुर चुहान, नेकपाका जिल्ला सचिव ऋषिराम ढुङ्गाना, जिल्ला नेता अर्जुन राई लगायतको उपस्थिति रहेको थियो ।