धरान / प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले यो अप्ठ्याराे परिस्थितिकाविच शुरुभएको नयाँ बर्ष २०७७ सालको सबै प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।
सभामुख भण्डारीले आइतबार नै शुभकामना सन्देश जारी गर्दै थप जोश, जाँगरको साथ सामाजिक तथा आर्थिक समृद्धि एवं राष्ट्रको विकासको साझा लक्ष्य प्राप्तीको संकल्पसहित अघि बढ्न नयाँ बर्षले उर्जा प्राप्त गर्ने बताएका छन् ।
उनले विश्वलाई नै आक्रान्त बनाई रहेको कोरोना भाईरस (कोभिड १९) को महामारीको संत्रासबारे उल्लेख गर्दै सानो गल्तीले पनि अवस्था भयावह बन्ने तर्फ सचेत रहन सबै प्रदेशवासीमा अपिलसमेत गरेका छन् ।
यस्तै सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य जयकुमार राईले पनि नयाँ बर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
राईले बिश्व कोरोनाको महामारी फैलिएको बेला नेपालमा नियन्त्रण ,न्युनिकरण गर्न नेपाल सरकारको लक डाउन गर्ने निर्णय अनुसार अहिले हामी सबै आ–आफ्नो घरमा बसिरहेकाबेला शुरु भएको नयाँ बर्ष२०७७ ले कोरोनाविरुद्ध लड्न सक्ने साहस सबैमा प्रदान गरोस भनेका छन् ।
उनले यो अप्ठ्यारो परिस्थितिको बेला संयमित ,धैर्यता पूर्वक रहि दिन सबै देशवासीमा अनुरोधसमेत गरेका छन् । यो विपतिका बेला सबै क्षेत्रले आ–आफ्नो क्षेत्रबाट भएको साथ सहयोगले सबैलाई उर्जा मिलेकोसमेत बताएका छन् ।