धरान । धरान उपमहानगरपालिकाकाले लकडाउनका बेला ‘जनतासँग मेयर कार्यक्रम’ शुरु गरेको छ ।

कार्यक्रमका लागि हरेक दिन आधा घण्टा नगर प्रमुख तिलक राईसँग जनताले गुनासो गर्न पाउने गरी दुई वटा नम्बर सुविधा प्रदान गरेको छ । जनताको गुनासो, राय, सल्लाह र सुझावका लागि नगर प्रमुख तिलक राईले यो सुविधा ल्याएका हुन् । प्रत्येक दिन अपरान्ह १ बजेदेखि १ः३० बजेसम्म धरानका नगरबासीले नगर प्रमुखसँग गुनासो तथा राय, सल्लाह सुझाव लिन सक्ने भएका छन् ।

धरान उपमहानगरले त्यसका लागि नेपाल टेलिकमको ९८४२१४९००३ र एनसेल प्रालिको ९८०५३०९२९३ नम्बरको सेवा सार्वजनिक गरेको छ । नगरबासीले यस नम्बरमा आधा घण्टा मेयरसँग प्रत्यक्ष कुराकानी गरेर आफ्ना समस्या, गुनासा, राय र सल्लाहहरू लिन÷दिन सक्ने भएका छन् । यो सुविधा भोलिदेखि नै लागू हुने सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए ।

dharan_napa_Information