ब्लाष्टखबर । डाक्टर, पदाधिकारी र कर्मचारीहरुको तलब नै तोकेर मागेको धरान उपमहानगरपालिकाले चन्दा मागेपछि सर्वत्र आलोचना बनेको उक्त विषयलाई लिएर काग्रेसका नगर सचिव र स‌घीय स‌सदका माननीय विच फेसवुक दाेहाेरी चलेकाे छ । 

मेयर तिलक राईको हस्ताक्षर रहेको पत्रमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, कर्मचारी तथा पदाधिकारीहरुको तलब जम्मा गर्न भन्दै प्रतिष्ठानका उपकुलपतिलाई लेखेको पत्र प्रति विमत्ती जनाएका काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सुनसरी क्षेत्र नम्बर १ का माननीय मीन विश्वकर्मा र काङ्ग्रेस धरान उपमहानगर कमिटि सचिव युवराज शंकर विच फेसबुक दाेहाेरी चलेकाे हाे ।

विश्वकर्माले उपमहानगरपालिकाले प्रतिष्ठानमा पठाएको पत्र बाहिरीएसँगै पत्रबारे उपमहानगरपालिकाले चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई हतोत्साहित गरेको भन्दै निर्णय सच्याउन अग्राह गरेका थिए । वीपी प्नतिष्ठान र त्यहा कार्यरत डाक्टरहरुलाई इटाली जस्ताे भयाभव ठानेकाे भन्दै‌ माननीयले  धमिलो पानीमा माछा मार्न खोजेको भनेर युवराजले टिप्पणी गरेका थिए । 

विश्वकर्माले उनले युद्ध मैदानमा रहेका सिपाही भन्दा खतरा एवं त्रासदीपुर्ण अवस्थामा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको थप सुरक्षा तथा उचित विमाको लागि स्थानीय सरकार वा जनप्रतिनिधिमुलक निकायले माग गर्नुपर्नेमा धरानले अन्यथा निर्णय गरेर हतोत्साहित गरेको पनि विश्वकर्मा  फेसबुकमा लेखेका छन् । 
उनले 'यदि सत्य हो भने तत्काल सच्याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउदछुँ,’ भन्दै  ‘युद्धमा खटिएका सिपाहीसँग आर्थिक चन्दा वा लेवी उठाउनु कदापि उचित अभ्यास हुन सक्दैन'  भनेका थिए । तर उक्त स्टाटस विश्वकर्माले भने हटाएका छन् ।
यता यता युवराजले नाम नतोकी प्रतिष्ठान र त्यहाका डाक्टरहरुलाई इटाली जस्तै अति नै सम्बेदनसील साथै कोरोनाको विरामीले खचाखच भरिएको अस्पताल र त्यहाका डाक्टरहरुसंग तुलना गर्न खोजेको उल्लेख गरेका छन् ।