jiban धरान / सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलकराईलेहस्ताक्षर गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरुलाई उपमहानगरकोराहत कोषमा सहयोगगर्न उर्दी जारी गरेको पत्र बाहिरिए पछि स्थानीय सरकारको ठूलोआलोचना भएको छ ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई स्थानीय सरकारले थप सेवा सुविधा उपलब्दगराएर खटाउने समयमा स्वास्थ्यकर्मीहरुलाई यति उति भनेर पत्र नै लेखे पछि आलोचना भएको हो ।
मेयर राईले हस्ताक्षर गरेका पत्र सार्वजनिक भए पछि आलोचनासँन्गै मेयरलाई सुझाव समेत दिएका छन् ।
धरान–७ का वडा अध्यक्ष जीवन सुवेदीले नेपालमा आउन लागेको महामारी रोकथामका लागि खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँन्ग आर्थिक सहयग माग्नु उपयुक्त नभएको बताउदैं जनप्रतिनिधिहरुको सुविधा राहत कोषमा जम्मा गर्न सुझाएका छन् ।
उनकाअनुसार
धरान उपमहानगरका जनप्रतिनिधिहरुको एक बर्षको सुविधा मात्रै २ करोड हुन्छ । त्यही रकम जम्मा गर्न सुझाएका छन् । उनले मेयर कोषमा भएको र ४५ लाख र विपत कोषमाभएको ७० लाख र अन्य लक्षित बर्गको १० करोड राहत कोषमा जम्मा गरेर त ीस्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरुलाई समेत राहत दिन सकिने सुझाव दिएका छन् ।