धरान / धरान उपमहानगरपालिकाले फुड बैंकमार्फत आज ३ हजार विपन्न परिवारलाई राहत प्याकेज उपलब्ध गराउने भएको छ । धरानको विभिन्न १३ वटा वडाका विपन्न परिवारहरु छनौट गरेर राहत बाढ्न लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

राहत लिने व्यक्तिको सूचि सम्बन्धित वडा कार्यालयले तयार गरेको छ । धरानमा सबै वडाहरुबाट करिब १२ हजार विपन्न परिवारको नामावली संकलन भएको धरान उपमहहानगरपाकिलाका सूचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिए ।पहिलाे चरणमा ३ हजारलाई आज राहत वडा कार्यालयहरुमा पठाइएकाे उनले जानकारी  दिए ।

उनका अनुसार उपमहानगरपालिकाले पहिलो चरणमा ३ हजार परिवारलाई राहत वितरण गर्ने छ । वडा नं २ मा ५० परिवार, वडा नं ४ मा १७० परिवार, वडा ५ मा ३ सय परिवार, वडा ६ मा २५० परिवारलाई राहत आज दिइनेछ । यसैगरि, वडा ८ मा ३ सय, वडा ९ मा ८० परिवार, वडा ११ मा ३५० परिवार, वडा १३ मा १५०, वडा १५ मा ५ सय, वडा १६ मा ३ सय, वडा १७ मा ३ सय, वडा १९ मा १५० र वडा २० मा १ सय विपन्न परिवारका लागि सम्बन्धित वडालाई जिम्मा लगाउने भएको छ ।
राहत वितरणको एकद्वार प्रणली उलंघन
वडा नं. १४ र ५ ले लडकडाउन शुरु हुदैं रुमिकहरुको पहिचान गरि राहत वितरण शुरु गरेका थिए । उपमहानगरले राहत वितरण एकरुपता ल्याउन भन्दैं चेत १५ गते उपमहानगरमातहतमा फुट बैक मार्फत राहत वितरण गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयलाई केही वडाहरु पालना गरेनन् । आफुखुशी राहत वितरण गरेको पाइएको छ । ४, ६, १५ र २०नं. का वडा अध्यक्षहरुले भने वडाका दाताहरुलाई पनि उपमहानगरको फुट बैकमा जम्मा गर्न पठाएको १५ नं. का वडा अध्यक्ष नरेश इवारामले जानकारी दिए ।
‘दाताहरुलाई पनि फुट बैकमा जम्मा गर्न पठाइयो अहिले मेयर उपमेयरले हाम्रो वडाहरुलाईभने कम राहत सामाग्री उपलब्द गराएको छ ।’–वडाअध्यक्ष इवरामले भने । कांग्रेस लगायतकाविभिन्न संस्थाले अहिले पनि अन्य वडाहरुमा राहत बाढिरहदा मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी मौन बसेको वडा अध्यक्ष इवारामको भनाई छ ।
‘उहाँहरुले बनाएको नियमलाई उलंघन गर्दा माैन बस्ने ठूलाे संख्यामा  विपन्न परिवार भएको वडालाई उपमहानगरले राहत भने कम पठाउने काम उचित होइन ।’ –इवारामले भने । ४ वटा वडाहरु पत्रकार सम्मेलन गरि जनतालाई जानकारी गराउने तयारी गरिएको इवारामले बताएका छन् ।
१५ नं. वडामा मात्रै १५२९ घर परिवार विपन्नमा छानिएका छन् । फुड बैंबाट हाल २हजारकेजी मात्र चामल आएको छ । कम्तिमा पनि १० हजार केजी चालम नआए वितरण गर्न समस्या हुने भन्दैं वडाले आएकोचामल बाढ्न सकेको छैन् ।
सरकारले तोकेकामापदण्डअनुसार वितरण गर्न १५ नं. वडामा कम्तिमा पनि १३ हाजर केजीचामल, १३/१३ सय केजी नुन, तेल, दाल,२६ सय डल्ला सावु, ४ सय केजीआलु आवश्यक पर्छ । कम्तिमा १०हजार केजी चामल वडामा फुट बैंकले नपाएसम्म विपन्ननागरिकलाई बाढ्न नसकिने अध्यक्ष इवारामको भनाइ छ ।
राहत वितरणमा उपमहानगरले कांग्रसीकरण गरेको नेकपा धरान उपमहानगर कमिटीका अध्यक्ष नारायण सुवेदीले आरोप लगाए ।

राहतमा पनि राजनीति
धरानमा उपमहानगरले फुड बैंक निर्माण गरेर राहत एकद्वारप्रणामीलबाट वितरण गर्ने भनिए पछि नेकपा, कांग्रेसलगायतका दलहरुकानेताहरुले राहतमा राजनीति शुरु गरेका छन् । आफ्ना कार्यकर्ताहरुलाई मात्र राहत बाढ्न र भोट जोगाउन उनीहरुले राहतमा राजनीतिक गरिरहेको पाइएको छ । यसलाई उपमहानगरले नियन्त्रणमा लिएर एकरुपता बनाउन नागरिक समाजका अगुवाहरुले आग्रह गरेका छन् ।

92016276_1421084468094301_5245074466295250944_n