वराहक्षेत्र/लकडाउनका कारण दैनिक मजदुरी गर्ने विपन्न परिवारलाई वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर ३ को नेपाल कम्युनिष्ट पार्टी कमिटीले राहत स्वरुप खाद्यान सामाग्री वितरण गरेको छ ।

बुधवार वार्डको भानु र मिलनचौकमा रहेका ,४० मुसहर र अन्य १० गरि ५० परिवारको घरमा गएका ३ नम्बर नेकपा कमिटि, अध्यक्ष मोहन सुवेदी, स्थानिय जनप्रतिनिधि , नेपाली कांग्रेस प्रतिनिधि तिलक वहादुर कार्की र भरौल प्रहरीका असई बिनोद दाहालको उपस्थितीमा राहत वितरण गरिएको, वार्ड नम्बर ३ अध्यक्ष रद्र दाहाललाई उद्धृत गर्दै स्थानिय संचारकर्मी दिपक पुरीले बताए ।

लक डाउन भएपछि ज्याला मजुदरी गर्ने नागरिक लाई समस्या नहोस भनेर, हिजो बुधवार वार्ड नम्बर ३ को नेकपा पार्टीले,सदस्य संग १ लाख २१ हजार ५ सय रुपैंया चन्दा संकलन गरेर, नगरको वार्ड कार्यलय लाई बुझाएको थियो ।