पथरी/राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगर कमिटीले नगरको दशवटै वडामा बिपन्न तथा मजदुरहरुको घरपरिवारलाई राहत वितरण कार्यक्रम स्थगित गरेको छ ।

संघले नगरपालिका भित्रको १० वटै वडामा रहेका बिपन्न तथा मजदुरहरुलाई राहत वितरण गर्ने कार्ययोजना बनाएको छ । सोमबार नगरकार्यपालिकाको बैठकले नगरभित्र एकद्वार प्रणाली अपनाउने निर्णय गरेपछी संघले हाम्रो अभियान लाई स्थगित गरेको संघका नगर सहसचिव नविनजङ कार्कीले बताए ।

संघले संकलन गरेर खाखेको र अब आउँने सबै किसिमको खाद्यान्न सामाग्री संकलन गरेर राहत सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेर एकद्वार प्रणालीबाट बिपन्न तथा मजदुरको घर सम्म पुर्र्याउन सहयोग गरिने सहसचिव कार्कीले बताए ।

संघले वडा नं. १० मा ७० घरपरिवारलाई राहत वितरण

राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगर कमिटीले वडा नं. –१० मा मजदुर गरेर खाने व्यक्तिहरुको पहिचान गरी ७० घरपरिवारलाई राहत वितरण गरेको छ ।

संघले सोमबार वडाका बिपन्न तथा मजदुरहरुको घरपरिवारलाई चामल, तेल र नुन बितरण गरेको हो । चामल एक घरपरिवारलाई साढें १२ केजी, नुन १ र तेल १ पोका जम्मा ७० घरपरिवारलाई वितरण गरिएको थियो । राहत वितरण गर्नु अघि सेनिटाइजले हात धोइ दुरि कायम गरिएको थियो ।