धनकुटा/जिल्ला अस्पताल धनकुटामा सोमबार एक बिरामीलाई आइसोलोसनमा राखिएको छ । उनलाई ज्वारो र रुघाखोकीको लक्षण देखिएकाले अस्पताल मै रहेको आईसोलेसन वार्डमा राखिएको हो ।

सत्र दिन पहिले पोर्चुगलबाट घर फर्किएर आएका धनकुटा–८ का ती युवामा उच्च ज्वरो र रुघाखोकी लगायतका लक्षण देखिए पछि आइसोलेसन वार्डमा राखिएको जिल्ला अस्पताल धनकुटाको आस्मिक कक्षमा कार्यरत एक चिकित्सकले वताएका छन् ।

चिकित्सकको निगरानीमा प्रारम्भीक उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिएका छन् । बिरामीको स्वास्थ्यको अवस्था के छ भनेर थप जाँचका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिपोर्ट पठाइएको उनले बताए । रिपोर्ट आए पछि मात्र उनको स्वास्थ्य अवस्था वारेमा थाहा हुने डा.विश्वकर्माको भनाई छ ।

यसैबीच, बिरामी युवाका परिवारलाई समेत निगरानीमा राखिने तयारी भैरहेको  जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले बताए । बिरामीका परिवारका अन्य सदस्य समेत अस्वस्थ्य रहेको श्रेष्ठको भनाइ छ । जिल्लामा स्थानिय प्रशासनले धनकुटा– अमलाटार स्थित् तयार गरिएको क्वारेन्टाइनमा भने हालसम्म कुनै बिरामी नराखीको श्रेष्ठले बताए।