धरान / अव धरानमा अत्यावश्यक खाद्यन्न र तरकारीघरमे ल्याउने व्यवस्था स्थानीय सरकारले मिलाएको छ ।
लकडाउनले गर्दा आम नागरिकहरुमा दैनिक अत्यावश्यक खाद्यान्न अभाव हुन थालेपछि धरानमा अनलाइन वा फोनको माध्यमबाट अर्डर गर्ने व्यवस्था धरान उपमहानगरपालिकाले गरेको हो ।
शुक्रबार धरान उपमहानगरपालिकामा प्रहरी, प्रशासन, उद्योगी व्यवसायीसहित बसेको बैठकले खाद्यान्न आपूर्ति सहज बनाउन अर्डर लिने व्यवस्था गरेको उपमहानगरपालिकाले जनाउको छ ।
धरानस्थित बराह डिपार्टमेन्ट स्टोर, भाटभटेनी सुरपमार्केट, गोर्खा डिपार्टमेन्ट स्टोर, सोताङ अर्ग्यानिक कृषि फर्म र गुद्री डटकमले खाद्यान्न तथा तरकारी उपलब्द गराउने छन् ।