धरान । सरकारले गरेको लकडाउन अवधिभर धरानको द बर्गर हाउसले कर्मचारीहरूको सेवासुविधा नकाट्ने भएको छ ।
बर्गर हाउसमा २० जना कर्मचारी कार्यरत छन् । लकडाउनको अवधिमा बर्गर हाउस बन्द रहेको छ । जसका कारण कर्मचारीहरू कामविहीन बनेका छन् । सञ्चालक सन्तोष बिकले बर्गर हाउसमा कार्यरत कर्मचारीहरूको सेवासुविधा नकाट्ने बताए । उनी नेपाल तरुण दल सुनसरीका उपाध्यक्षसमेत हुन् ।
धरान–१२ चतरालाइनमा सञ्चालित बर्गर हाउसले कर्मचारीको तलब नकाट्ने भएको हो । दैनिक काम गर्ने कर्मचारीहरूको तलब भत्ता काट्दा उनीहरूको दैनिक जीवनमा समस्या पर्ने भएकाले उनीहरूको सेवासुविधा कटौती नगरिने निर्णय गरिएको उनले बताए ।
उनका अनुसार हालस बर्गर हाउसमा ४ जना वेटर, २ जना बार टेण्डर, २ जना कफी मेकर, २ डेलीभरी ब्वाइ, २ जना सरसफाइ र ८ जना अन्य कर्मचारीहरू रहेका छन् । उनले अन्य होटल तथा रेष्टुराँले पनि यो बेलामा कर्मचारीलाई तलवभत्ता दिन उनले आग्रह गरे । लकडाउनको समयमा होटल तथा रेष्टुराँहरूको भाडादरमा धरान उपमहानगरपालिकाले समन्वय गर्नुपर्ने उनले बताए । उनले बर्गर हाउसले श्रमजीवी ऐन अन्तर्गत सेवासुविधा प्रदान गर्दै आइरहेको उनले दाबी गरे । उनले सबैलाई सुरक्षित रहनसमेत आग्ह गरे ।