धरान / धरानस्थित वीपी प्रतिष्ठानले कोरोनाको आशंकामा पठाएको १३ जना मध्य १२ जनाको थ्रोट स्वाब टेष्टको रिर्पोट नेगेटिम आएको छ ।
प्रतिष्ठानले गत सोमबार टेकु अस्पतालमा ल्याव टेष्टका लागि स्वाब पठाएको थियो । १३ जना मध्य एकजना चाइनिज नागरिकको भने रिर्पोट नै मन्त्रालयले नपठाएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिए । १२ जनामा भने कोरोनाको संक्रमण नेगेटिम देखिएको छ । प्रतिष्ठानको आइसोलेसनमा हाल ७ जना रहेका छन् भने अन्यलाई विभिन्नस्थानमा बनाइएको क्वारेन्टायनमा राखिएको छ । नेगेटिम रिर्पोट आएकाहरुलाई १४ दिनसम्म होम क्वारेनटायनमा बस्ने गरि घर पठाउने तयारी गरिएको प्रतिष्ठानले जनाएको छ । 

प्रदेशभरी ३२८ जना क्वारेन्टाइनमा
आन्तरिक मामिला तथा कानुन मनत्रालयका अनुसार प्रदेश १ भरीबाट २५ जनाको स्वाब ल्यावमा पठाइएकोमा हाल १२ जनाको मात्र रिर्पोट आएको छ ।
प्रदेश १ भरी १५ जना आइसोलेसन वार्डमा राखिएको छ भने क्वारेन्टायनमा ३२८ जना बसेका छन् । यस्तै होम क्वारेन्टाइनमा ३६९जना बसेका छन् । प्रदेश १ मा १८४८ वटा क्वारेन्टान बेड तयारी अवस्था छन् । आइसोलेसन वार्ड २५६ वटा तयारी अवस्थामा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश आपतकालिन कार्य संचालन केन्द्र विराटनगरले जनाएको छ ।
यस्तै २९ स्थानका अस्पतालहरुमा ३७५ वटा आइसियु बेड तयारी अवस्थामा रहेका छन् ।