ब्लाष्टखबर । २०१२ मा सामुहिक बलात्कार तथा हत्या गरीएकी निर्भया दोषी रहेका मुकेश सिंह, अक्षय कुमार, विनय शर्मा तथा पवन गुप्तालाई फाँसी दिइएको छ । उनीहरूलाई तिहाड जेलमा भारतीय समय अनुसार शुक्रबार बिहान साढे ५ बजे फाँसी दिइएको हो।

१६  डिसेम्बरमा साथीसँग बसमा यात्रा गरीएकी  २३ वर्षिया निर्भयामाथि उनीहरूसहित ६ जनाले सामुहिक बलात्कार गरेका थिए। बलात्कारपछि उनीहरूले रडको प्रयोग गरी उनको हत्या गरेका थिए। 

फाँसीपछि उनकी आमाले सबै सहयोगीलाई धन्यवाद दिएकी छन्।

उनले भनिन् "म न्यायपालिका, सञ्चारमाध्यम, राष्ट्रपति र अरू सबैलाई धन्यवाद दिन चाहन्छु। सातवर्षदेखिको सङ्घर्षले बल्ल परिणाम दिएको छ। निर्भयालाई न्याय मिल्यो।"

उनका पिताले पछिल्लो सजायले सबै भारतीय महिला सुरक्षित हुने वातावरण बनाउने आशा व्यक्त गरे। मृत्युदण्डको भारतीय महिला आयोगका सदस्य लगाएत धेरै व्यक्तिहरूले स्वागत गरेका छन्।

दोषी ठहरिएका ती चार पुरुषले क्षमादानको लागि गरेको निवेदनलाई भारतीय राष्ट्रपति तथा सर्वोच्च अदालतले अस्वीकार गरिदिएका थिए।

निर्भयाको बलात्कार र हत्या मामिलामा उनीहरूलाई सन् २०१३ मा फाँसीको सजाय सुनाइएको थियो। घटनामा संलग्न भनिएका अर्का एक दोषी राम सिंहको मुद्दाकै क्रममा सन् २०१५ मा मृत्यु भइसकेको छ। अर्का एक आरोपी भने अपराध गर्दाका बखत नाबालिग भएकाले ३ वर्ष सुधारगृह बसेर छुटिसकेका छन्।