सिरहा । जिल्लामा सवारी दुर्घटना बढ्न थालेपछि जिल्लाको मिर्चैया स्थित ट्राफिक प्रहरीले सवारी चालकलाई ट्राफिक सचेतना सुरु गरेको छ ।

सवारी दुर्घटनाले ठूलो जनधनको क्षति भएसँगै मिर्चैया ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिकले टिप्पर चालक, सह–चालक, बीच सचेतना कार्यक्रम शुरू गरेको छ । टिप्पर, ट्याक्टर र ट्रकका चालकहरुलाई ट्राफिक नियमका बारेमा सचेतना कार्यक्रम गराइएको ट्राफिक प्रहरी पोष्टका प्रहरी हवल्दार विरेन्द्र प्रसाद यादव बताए ।

विगत देखि नै दुर्घटना न्यूनीकरणमा आफूहरूले चासो देखाएको बताउँदै ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी हवल्दार विरेन्द्र प्रसाद यादवले देशभरको दुर्घनालाई हेर्दा मिर्चैयामा सामान्य रहेको बताए ।

दुर्घटना न्यूनीकरणमा सबैको चासो र खाँचो रहेको भन्दै गाउँगाउँमा सवारी जाँचसमेत हुनुपर्ने चालकहरूले ट्राफिक प्रहरीलाई सुझाए ।

बढ्दो सवारी चाप र बिगँ्रदो सडक पनि दुर्घटनाको कारक बनेकोले दुवै विषयमा चालक सचेत रहनुपर्ने ट्राफिक प्रहरीको आग्रह छ । अहिलेसम्म ट्राफिक प्रहरीले सयैं भन्दा बढीलाई सचेत गराएको ट्राफिक प्रहरी जवान लोक श्रेष्ठले जानकारी दिए ।