उर्लाबारी । सामुदायीक बिकास मञ्च उर्लाबारी–६ ले बिहीबार आगो लागिबाट घर सहित खाध्यन्न, भाडावर्तन एवं लताकपडा गुमाएका महेन्द्र तुम्साको घर निर्माण सहित सवै सामग्रीले पूर्ण बनादिएका छन ।

एक साता अघि बिधुत लाईन सर्ट भई उर्लाबारी–६ निवासी तुम्साको घरमा आगजनी हुदाँ घर सहित घर भित्रको संम्पूर्ण सामग्री जलेर नष्ट भएपछि परिवारका ७ जना सदस्यहरु विचल्नीमा परेका थिए । आर्थीक अवस्था कमजोर भएका तुम्सालाई सो मञ्चले समुदायबाट संकलन गरेको जिन्सी सहयोग बिहीबार हस्तान्तरण गरेको छ ।

मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईको अध्यक्षता तथा उर्लाबारी नगरपालीका वडा नं.–६ का अध्यक्ष चिन्तामणी पौडेलको प्रमुख आतिथ्यतामा भएको सो राहत वितरण कार्यक्रममा खाँट, झुल, २०० केजी चामल, २२० केजी आलु, १२० केजी धान सहितका खाध्यन्न तथा लताकपडा वितरण गरी घरलाई पूर्ववत अवस्था झै भरीपुर्ण पारीएको सह–सचिव प्रमु दिलुङछा राईले बताएका छन ।

सो अभियान अन्र्तगत संकलन भएको नगद करिव ४० हजारले घर निर्माण गरी जस्ता पाता संस्थाले नै लगाईदिने निर्णय समेत गरीएको अध्यक्ष भट्टराईले बताउँदै विपतीमा परेको अवस्थमा सहयोग गरेको बताएका छन । उता उर्लाबारी नगरपालीकाका नगर प्रमुख खड्ग फागोले पनि विपतीमा परेको अवस्थामा सहयोग पुर्याउने सबै संस्था तथा व्यक्तिहरु प्रति हार्दिक आभार प्रकट गर्दै एक अर्का प्रति सहयोगी भावनाका साथ कार्य गर्न आग्रह समेत गरेका छन ।

आगजनीबाट पिडीत बनेको तुम्सा एवं उर्लाबारी–८ का पवित्रा लिम्बु र तारा सुब्बालाई पनि उर्लाबारी नगरपालीका र नेपाल रेडक्रस सोसाईटी उर्लाबारी सहितका संस्थाले यस अघि नै राहत वितरण गरेका नगरपालीकाले जनाएको छ । यसरी आगजनीबाट पिडीत तुम्साले सबै क्षेत्रबाट सद्भाव र सहयोग प्राप्त भएकोमा शुरुका दिनका पिडा भुल्न थालेको बताउँदै सहयोगीहरुको सधै ऋणी हुने बताएका छन ।