उर्लाबारी । उर्लाबारीका अग्नी पिडीत परिवारलाई मंगलबार राहत वितरण गरीएको छ । नेपाल रेडक्रस सोसाईटी उर्लाबारी र उर्लाबारी नगरपालीकाले उर्लाबारी वडा नं.–६ र महेन्द्र तुम्सा एवं उर्लाबारी वडा नंं.–८ का पवित्रा लिम्बु र तारा सुब्बा राहत सामग्री वितरण गरेका हुन ।

उर्लाबारी नगरपालीकाका प्रवक्ता तथा वडा नं.–५ वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीको प्रमुख आतिथ्यतामा राहत वितरण कार्यक्रम भएको थियो । अग्नीपिडीत परिवारलाई त्रिपाल, लताकपडा, भाडावर्तन, खाध्यन्न लगायतका सामग्री वितरण गरीएको थियो । कार्यक्रममा नेरेसो उर्लाबारीका सभापति मदनबाबु प्रसाई, वडाध्यक्षहरु चिन्तामणी पौड्ेल र कुलबहादुर कार्कीले पिडीत परिवारलाई थप सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन ।

सोमबार साझ“ लिम्बु र सुब्बा तथा तुम्साको घरमा फागुन ३० गते बिधुत सर्ट भई आगजनी हुदाँ ५० लाख मुल्य वरावरको क्षति पुगेको प्रहरीले जनाएको छ ।