धरान । पहिलो पटक अवलोकन भ्रमण जाने अवसर पाउदा धरान १८ का बालबालिकाहरु निक्कै खुशी भएका छन् । २०७६ साल असार २२ गते बाल मैत्री वडा घोषण गरर पछि अहिले धरान वडा कार्यालयले बालबालिका लक्षित विभिन्न कार्यक्रमहरु गर्न थाल्लेको छ ।

महिला तथा बाललबालिक विभागका सयोजक जमुना त्रिखत्री मोक्तानको संयोजनमा बाल क्लवको बालबालिकाहरुलाई एक दिने अलोकन भ्रमण लगेको हो ।
नयाँ ठाउँको बारेमा बालबालिकाहरुलाई जानकारी गराउने साथै उनीहरुलाई मनोरञ्जन गराउने मुख्य उद्धेश्यले झापाको फन पार्कमा अवलेकन भ्रमणमा लग्गेको महिला तथा बालबालिका विभागका सयोजक जमुना त्रिखत्री मोक्तानले बताइन ।

भम्रणमा बाल क्लबका बालबालिका, बाल सन्जालका बालबालिका, सानो बालबालिकाको अभिवाक,टोल विकाश समितिका अध्यक्ष,स्वास्थ्य स्यम सेवीका,वडाका जनप्रतिधि, वडा कर्मचारी,लगायको समुह बालबालिकाको गरी १ सय १४ जना बाल मैत्री अवोलकन भ्रमणमा गएका थिए ।

फन पार्क जाने ठाउँको छनोट समेत बालबालिकाहरु आफैले गरेको त्रिखत्री मोक्तानले बताइन ।बालबालिकाको अवोलकन भ्रमण भएको कारण पार्कमा समेत निशुल्क गरेको बताइन ।
यो ठाउँको पार्क बालबालिकाहरुको लागि निक्कै रामणिय रहेको छ । बालबालिकाहरुको लागि विभिन्न्न खेल्ले ठाउँहरु पनि ब्यवस्थित रहेको र पार्क वरिपरिको वातावरण समेत रामो्र भएकोले बालबालिकाहरुले रमाइलो गरेर मनोरञ्जन लिएको बालबालिकाको अभिभावकहरुले बताए ।

धेरै प्रकारका खेलहरु खेल्न ठाउँ भएको र बाल मैत्री तरिकाले बनाएको खेल मैदानहरु भएकोले पनिे सबै बालबालिकाहरुले यो पार्क मन पराएको बाल क्लबका अध्यक्ष मनिता श्रेष्ठले बताउदै भनिन यसरी अलोकन भम्रण गराउने बालबालिकाहरुको लागि पनि धेरै रामो रहने अलोकन भ्रमणमा गएकी बालिका मनिता श्रेष्ठले बताए । यस बाल मैत्री अवोकन भ्रमणका लागि धरान १८ को वडा कार्यलयले सहयोग गरेको थियो ।