इटहरी जैविक विविधता रहेको अमाह सिमसार क्षेत्र प्रदेश एककै नमुना हुने भएको छ । जलाधार क्षेत्र रहेको अमाह सिमसार क्षेत्रमा ५० करोड भन्दा बढिको लगानी सिमसार क्षेत्रमा जैविक विविधताको सङ्ग्राहलय निमार्णको काम सुरु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ५ मा रहेको अमाहा सामुदायिक वन उपभोक्ता समुहले संरक्षण गरेको वन क्षेत्रको २ सय ३ हेक्टर मध्ये ५२ हेक्टर सिमसार खण्ड छ । त्यसमध्ये दुई हेक्टरमा अमाहा पोखरी बनाइएको छ । दशक अघि सर्दु खोलाको बाढीपछि पुरिएर लोप भएको अमाह पोखरी स्थानीयहरुको पहलमा पर्यटकीय गन्तव्य बन्दै अहिले प्रदेश एककै नुमना हुने थालेको छ ।
पर्यटकहरुको गन्तव्य बन्दै गएको अमाह सिमसार क्षेत्रलाई संरक्षण गर्दै पर्यटकहरु भित्राउने योजना अनुसार काम भइरहेको अमाह सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भोजराज घलेले बताए । प्रदेश एककै नमुना बनाउन अहिले डिपिआर तयार गरेर निमार्ण कार्य अगाडी बढाएको अध्यक्ष घलेले जानकारी दिए । ५२ हेक्टर क्षेत्रफलमा पर्या पर्यटन क्षेत्र निमार्ण हुने नको भनाई छ ।
यस क्षेत्रमा करिब ५० करोड भन्दा बढि लगानीमा सिमसार क्षेत्र विस्तार हुने अध्यक्ष घलेको भनाई छ । स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकारको लगानीमा सङग्राहल निमार्ण हुने छ । वन क्षेत्र अतिक्रमण हुदै गएको कारण पनि वन क्षेत्रको जमिन आफ्नो मातहतमा ल्याएर अन्य पर्यटकीय क्षेत्र भन्दा फरक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य लिएका छौ अध्यक्ष घलेले भने ।
प्रकृतिक सुचना केन्द्र
कलाकार बिक्रमश्रिले डिजाईन गरेको पर्यटकीय क्षेत्रमा प्रकृतिक सुचना केन्द्र समेत हुने भएको छ । जलबायु सम्बन्धी सम्पूर्ण सुचना प्रबाह यहीबाट हुने प्रोजेक्टका डिजाइनर विक्रमश्रिले बताए । दैनिक हुने सौसम सम्बन्धी जानकारी पनि यहाँबाट जानकारी लिन सकिन्छ । यो विद्यार्थीहरुको लागि अध्यायन केन्द्र समेत हुने छ । हात्तीदेखि कमिलोसम्मको अध्यायनको लागि उपयुक्त स्थान हुने उनको भनाई थियो ।